पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।
वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा शुक्रवार राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।
पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात २ तर्फीरूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
संघीय राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।