०९ असार २०८३, मंगलबार

बैतडीमा सडक निर्माणका लागि ३ करोड बजेट विनियोजन

बैतडीमा सडक निर्माणका लागि ३ करोड बजेट विनियोजन

संघीय सरकारले बैतडी जिल्लाका ५ सडकलाई प्राथमिकता दिएको छ ।

आगामी आर्थिक वर्षमा काम सक्ने गरीे सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत ५ सडकका लागि बजेट विनियोजन गरेको हो । 

जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि ५० लाख रुपैयाँ, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । 

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने बताइएको छ । यसअघि संघीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो ।

पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख, दशरथचन्द नगरपालिकाका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदारका लागि ३८ करोड ९० लाख, डिलाशैनीका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वरका लागि ३० करोड ८४ लाख, सिगासका लागि ३२ करोड ३७ लाख, सुर्नयाका लागि ३२ करोड ४० लाख र शिवनाथका लागि २५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

जिल्लामा ६ गाउँपालिका र ४ नगरपालिका गरी १० स्थानीय तह छन् ।

salt training

कमेन्ट गर्नुहोस्