१० असार २०८३, बुधबार

यूएईका अधिराजकुमारले व्यवसायी प्रसाईंलाई दिए सुनको लौरो उपहार

यूएईका अधिराजकुमारले व्यवसायी प्रसाईंलाई दिए सुनको लौरो उपहार

संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । 

नेपालको तीन दिने भ्रमणमा आएका अधिराजकुमार मोक्तुम शनिवार झापा पुगेका छन् । 

श्री एयरलाइन्सको चार्टर विमानमा झापाको चन्द्रगढी विमानस्थल ओर्लिएका मोक्तुमलाई स्वागत गर्न व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई पुगेका थिए ।

व्यवसायी प्रसाईंकै निमन्त्रणामा मोक्तुम नेपाल भ्रमणमा आएका हुन् । उनी झापामा दुई दिन बस्ने कार्यक्रम छ । झापामा रहँदा मोक्तुमले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेट सिटी स्क्यान गर्ने मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

त्यसबाहेक, उनले झापामा रहेको बी एण्ड सी अस्पतालको पनि अवलोकन गर्ने कार्यक्रम छ । बी एण्ड सी र पूर्वाञ्चल अस्पतालमा व्यवसायी दुर्गा प्रसाईको लगानी छ ।

salt training

कमेन्ट गर्नुहोस्