०३ साउन २०८३, आइतबार

सन् २०२२ को ताइवानले आर्थिक वृद्धि ३.७५ प्रतिशत हुने प्रक्षेपण

असार ४, २०७९
सन् २०२२ को ताइवानले आर्थिक वृद्धि ३.७५ प्रतिशत हुने प्रक्षेपण

ताइवानको मौद्रिक नीति अख्तियार गर्ने सरकारी निकायले यस वर्ष ताइवानको आर्थिक वृद्धि ३.७५ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

उक्त संस्थाले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिएल) को वृद्धिदर २.८३ प्रतिशत रहने अनुमान गरेको छ । यसै हप्ताको सुरूमा सार्वजनिक सरकारी तथ्याङ्क अनुसार कोभिड–१९ महामारीको कारण खपत सुस्तता र औद्योगिक पुनः स्थापनालाई ध्यानमा राख्दै आर्थिक वृद्धि तथा उपभोक्ता मूल्य सूचकाङ्कलाई समायोजन गरिएको हो । 

यसपहिले मार्चमा सार्वजनिक तथ्याङ्कमा सरकारले ताइवानको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने र उपभोक्ता खर्च मूल्य वार्षिक २.३७ प्रतिशत कायम रहने उल्लेख गरिएको थियो । 

तथ्याङ्कअनुसार मे महिनामा ताइवानको उपभोक्ता मूल्य ३.३९ प्रतिशतले वृद्धि भएको थियो । यसलाई अधिकारीले झन्डै एक दशकमा भएको सबैभन्दा ठूलो उपलब्धि भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्