२३ जेठ २०८३, शनिबार

स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक पुगे उपराष्ट्रपति पुन

स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक पुगे उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल गएका छन् ।

दाहिने पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल गएका हुन् । 

अस्पतालमा पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेको अस्पतालले जनाएको छ । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए । 

उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए । 

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । 

सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्