०४ असार २०८३, बिहीबार

अब माओवादीको केन्द्रीय समिति सङ्ख्या सयभन्दा कम

कात्तिक २०, २०७४
अब माओवादीको केन्द्रीय समिति सङ्ख्या सयभन्दा कम

काठमाडौँ, ८ साउन - नेकपा (माओवादी केन्द्र)ले आफ्नो जम्बो केन्द्रीय समिति घटाएर दुई अङ्कमा झार्ने भएको छ । छ दिनसम्म पार्टी मुख्यालयमा चलेको बैठकको अन्तिम दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे प्रस्ताव राख्दै केन्द्रीय समितिको सङ्ख्या घटाउने प्रस्ताव गरेको खबर आजको गोरखापत्रमा छापिएको छ ।maoist
बैठकले अबको केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ मात्र बनाउने निर्णय गरेको छ । यद्यपि यो निर्णयको कार्यान्वयन गर्न भने केही समय लाग्नेछ । बैठकले आगामी भदौ १५ गतेभित्र सातवटै प्रदेशको भेला आयोजना गरेर यो निर्णय पारित गराएपछि मात्र निर्णय कार्यान्वयन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्