०५ साउन २०८३, मंगलबार

घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत

घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आवका लागि रु दुई अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट प्रस्तुत गरेकी हुन्।  

उपमहानगरपालिकाको कूल बजेटमध्ये सङ्घ सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु ७४ करोड दुई लाखमध्ये रु १० करोड ३० लाख अर्थात् १३ प्रतिशत पूँजीगत खर्च हुनेछ भने रु ६३ करोड ७२ लाख अर्थात् ८६ प्रतिशत चालु खर्चका लागि हुनेछ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु पाँच करोड ४० लाख अर्थात शतप्रतिशत पूँजीगत खर्च हुनेछ । 

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजन गरिएको रु एक अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये रु ६१ करोड ६९ लाख ८१ हजार अर्थात् ४०.२० प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु ९१ करोड ७९ लाख १० हजार अर्थात् ५९.८० प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको उपप्रमुख डिसीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

घोराहीको कूल बजेट रु दुई अर्ब ३२ करोडमध्ये रु एक अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात् ५३.८५ प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु एक अर्ब सात करोड ४९ लाख १० हजार अर्थात् ४६.१५ प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको छ । घोराही उपमहानगरपालिकाले आगामी आव २०७९/०८० मा रु ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । घरजग्गा रजिष्टे«शनसमेत मध्येबाट यो रकम आय हुने अनुमान गरिएको छ ।

सङ्घीय वित्तीय समानीकरण अनुदानबाट रु ३५ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड ७६ लाख ५८ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु सात लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड बेहोरिनेछ । यस्तै प्रदेश समानीकरण अनुदानबाट रु एक करोड ६७ लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु चार करोड ४४ लाख ५७ हजार, प्रदेश सःशर्त अनुदानबाट रु एक करोड ६० लाख, प्रदेश समपूरक अनुदानबाट रु तीन करोड, प्रदेश विशेष अनुदानबाट रु ८० लाख बेहोरिनेछ । यसमा नपुग हुने रकम रु ५३ करोड ५८ लाख ५१ हजार चालु आवर्ष २०७९/०८० को बंैंक मौज्दातबाट बेहोरिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्