२८ जेठ २०८३, बिहीबार

सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

असार १०, २०७९
सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिद–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, “अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।”

“जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।”

छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्