२४ जेठ २०८३, आइतबार

लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा  ३२६ जना दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा  ३२६ जना दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३२६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । आज लुम्बिनीमा विशेष समारोहको आयोजना गरी विद्यावारिधि गरेका १२, स्नातक तह अध्ययन गरेका ३७ र स्नातकोत्तर तह पूरा गरेका २७७ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा भएको विशेष समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पससहित विभिन्न क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्