०७ असार २०८३, आइतबार

दुर्गा प्रसाईंको चुनौती– यो देशमा गगन थापा पहिला प्रधानमन्त्री बन्छन् कि म बन्छु समयले देखाउला !

दुर्गा प्रसाईंको चुनौती– यो देशमा गगन थापा पहिला प्रधानमन्त्री बन्छन् कि म बन्छु समयले देखाउला !

पटक विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइराख्ने मेडिकल कलेज संचालक दुर्गा प्रसाईंले कांग्रेस महामन्त्री गगन थापा भन्दा पहिला आफू प्रधानमन्त्री बन्ने टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री बनेपछि नेपालमै पेट्रोलियम पदार्थको उत्खनन गर्ने दावी गरे । 

एपीवान टेलिभिजनमा बिहीवार प्रसारित ‘प्रकाश सुवेदी सो’ नामक कार्यक्रममा व्यापारी प्रसाईंले गगन थापा भन्दा पहिला आफू प्रधानमन्त्री बन्ने दावी गरेका हुन् । ‘उहाँ पहिला प्रधानमन्त्री हुनुहुन्छ कि दुर्गा प्रसाई यो समयले देखाउँछ’ प्रसाईले टिप्पणी गरे । माओवादी परित्याग गरेर एमालेमा लागेका प्रसाईं झापा ३ बाट नेकपा एमालेको उम्मेदवार बन्न लविङ गरिरहेका छन् । 

प्रसाईले अन्य नेताहरुको बारेमा पनि चर्को टिप्पणी र आलोचना गरेका छन् । प्रसाईले नारायणकाजी श्रेष्ठप्रति टिप्पणी गर्दै माओवादी पार्टीको हालत यो बनाउने काम उनीबाटै भएको दावी गरे । भर्खरै नयाँ पार्टी खोलेका रवि लामिछानेप्रति टिप्पणी गर्दै प्रसाईले भने, ‘नयाँ साधुले धेरै खरानी घस्छ, अर्कालाई मुखमात्र छाड्नु भएको छ । हिजो अर्काको विषयमा कमेन्ट गर्नुभयो । अब उहाँको कुरा आउँछन् ।’

रवि लामिछानेको पार्टी घोषणा कार्यक्रममा १५ सय देखि २ हजार उपस्थित भएपनि ती अधिकांश रमिते भएको टिप्पणी गरे । साझा पार्टीको अध्यक्षबाट राजीनामा गरेका रविन्द्र मिश्रलाई पश्चिमाको मान्छे भएर हिँडेपछि अहिले हुतिहारा भएको टिप्पणी गरे । 

आफूलाई माफिया भनेर गाली गरेपनि आफूले दुबईको राजपरिवारको सदस्यलाई नेपालमा ल्याएर देखाएको बताए ।

कमेन्ट गर्नुहोस्