०७ असार २०८३, आइतबार

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो
प्रतिकात्मक तस्वीर

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । 

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका ८ वटा वडामा साना ठूला गरी २१६ पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

‘गाउँपालिकाभित्र २१६ वटा पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएका छौं,’ रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।’

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका र ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा संघ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।   

गाउँपालिकाले सधैं आश्वासन मात्रै बाड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासीसमेत रहनुभएका नेकपा एमाले म्याग्दीका युवा नेता दीपक कार्कीले बताए ।

कार्कीले भने, ‘बर्खा शुरू भएपछि बाढी र पहिरोका कारण सधैं त्रसित र भयभित रहने यहाँका वासिन्दा रातमा राम्रोसँग निदाउन पनि नपाउने समस्या रहेको छ, गाउँपालिका सधैं आश्वासन बाँड्छ काम गर्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्