२६ असार २०८३, शुक्रबार

प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्रीबीच भर्चुअल बैठक

प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्रीबीच भर्चुअल बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।
सो क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त मन्त्री लिउलाई बधाई एवं शुभकामना दिएका थिए भने लिउले त्यसको लागि नेकपा(माओवादी केन्द्र) र अध्यक्ष प्रचण्डलाई आभार सहित धन्यवाद व्यक्त गरेका थिए।
उक्त अवसरमा दुई नेताबीच दुई देश र दुई पार्टीबीचका आपसी हितका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्