काठमाडौँ, ८ साउन- कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए, आजको नयाँ पत्रिकामा खबर छ ।

विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा बाबाका रक्षकले ढोग्न नदिएको, तर पैसा दिएपछि पुनः ढोग्न दिएको कथा भने ।
भक्तजनसँग यसरी पैसा लिन थालेपछि मानिस दर्शनका लागि जान छोड्दा बाबा तथा उनका रक्षक दुवैको आर्थिक स्रोत सुकेको भन्दै देउवा र पौडेललाई सचेत गराए । ‘तपार्इंहरू दुईजना बाबाजस्तै हुनुहुन्छ । तपाईंहरूको दर्शन गर्न जाँदा दर्शन गराइदिन्छु भन्दै परिक्रमा गर्नेहरू पनि छन्, तपाईंहरू पनि त्यस्तै बाबा बन्नबाट बच्नुहोला,’ उनले भने ।