१५ असार २०८३, सोमबार

युक्रेन युद्ध शुरू भएपछि पहिलोपटक विदेश जाँदै पुटिन

असार १३, २०७९
युक्रेन युद्ध शुरू भएपछि पहिलोपटक विदेश जाँदै पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता तुर्कमेनिस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् । 

फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि पहिलोपटक पुटिनले विदेश भ्रमण गर्न लागेका हुन् । 

ताजिकिस्तानको राजधानी डुशानबेमा पुटिनले ताजिक राष्ट्रपति इमोमाली राहमोनसँग वार्ता गर्नेछन् । दुई नेताबीच सम्झौता र रात्रिभोजको पनि कार्यक्रम रहेको रोसिया १ च्यानलले खबर दिएको छ । 

त्यसपछि पुटिन तुर्कमेनिस्तान जानेछन् । त्यहाँ बुधवार सातौं क्यास्पियन शिखर सम्मेलन आयोजना हुँदैछ । 

राजधानी अश्गाबातमा क्यास्पियन सागरका मुलुकहरू रुस, इरान, कजाकस्तान, अजरबैजान र तुर्कमेनिस्तानका नेताहरूको शिखबर बैठक हुनेछ । 

फेब्रुअरी महिनाको आरम्भतिर चीनको भ्रमण गरेका पुटिन त्यसपछि पहिलोपटक रुसबाट बाहिर जान लागेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्