१० साउन २०८३, आइतबार

कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कारगारमा रहेका थुनुवा तथा कैदी बन्दीले पनि मतदान गर्न पाउने भएका छन् ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई पनि मतदान गर्ने व्यवस्था मिलाउन शुक्रवार अन्तरिम आदेश जारी गरेको हो । 

समानुपातिकतर्फ कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन जेलमै पुगेर मतदाता नामावली अद्यावधिक गर्न सर्वोच्चले निर्वाचन आयोगलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले लोकान्तरलाई जानकारी दिए ।

निशान्त पोखरेल लगायतले कैदी बन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

हेर्नुहोस्, आदेश :

salt training

कमेन्ट गर्नुहोस्