×

NMB BANK
NIC ASIA

चीनको घेराबन्दी गर्न अमेरिकाले ल्यायो अर्को नयाँ योजना

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले चीनको घेराबन्दी गर्नका लागि ल्याएको हिन्द प्रशान्त रणनीतिअन्तर्गत एक नयाँ पहलको आरम्भ गत शुक्रवार गरेको छ । 

Muktinath Bank

अमेरिका, अस्ट्रेलिया, न्युजील्यान्ड, बेलायत र जापान मिलेर पार्टनर्स इन ब्लु पसिफिक (पीबीपी) को घोषणा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले प्रशान्त महासागरमा रहेका टापु मुलुकहरूसँग आक्रामक रूपमा सहकार्य बढाउन थालेपछि अमेरिका र साझेदारहरूले नयाँ पहल थालेका हुन् । 


Advertisment
Nabil box
Kumari

एक संयुक्त विज्ञप्ति जारी गर्दै पाँच मुलुकहरूले पीबीपी प्रशान्त क्षेत्रका प्राथमिकताहरूलाई सहयोग गर्नका लागि बनाइएको समावेशी अनौपचारिक संयन्त्र भएको बताए । प्रशान्त क्षेत्रीयता, सार्वभौमसत्ता, पारदर्शिता, जवाफदेहिताका सिद्धान्तका साथ प्रशान्त टापु मुलुकहरूको नेतृत्वमा यो पहल कार्यान्वयन गरिने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

अमेरिका र उसका साझेदारहरूले तीनवटा प्राथमिकताका क्षेत्रमा जोड दिने बताएका छन् । पहिलो, प्रशान्त क्षेत्रका लागि प्रभावकारी रूपमा परिणाम दिलाउने । त्यसका लागि विद्यमान परियोजनाको मूल्यांकन तथा भविष्यका परियोजनाको योजना बनाउने काम गरिनेछ । 

दोस्रो, प्रशान्त क्षेत्रीयतालाई बलियो बनाइनेछ । प्रशान्त क्षेत्रका सरकार र साझा मञ्चहरूसँग थप निकट सम्बन्ध राखिनेछ ।

तेस्रो तथा अन्तिम, प्रशान्त क्षेत्रका मुलुक र बाँकी विश्वबीचको सहकार्य विस्तार गरिनेछ । 

आवरणमा प्रशान्त मुलुकहरूको हित गर्ने भनी बनाइएको पहल भए पनि पीबीपी खासमा अकस साझेदारीकै विस्तृत रूप हो । 

आणविक हतियारमा सहकार्यका कारण अकस साझेदारीमा जोडिन नचाहेको न्युजील्यान्ड पनि प्रशान्त क्षेत्रका टापु मुलुकमा चीनको प्रभाव बढेपछि आत्तिएर अकस प्लसका रूपमा रहेको पीबीपीमा जोडिएको हो । 

त्यस्तै जापानले पनि चीनविरोधी नीति अपनाउँदै संविधान संशोधन गरेर आफूलाई सशस्त्र बनाउन खोजेको छ र अमेरिकासँगको सैन्य साझेदारीलाई थप घनिष्ठ बनाउन खोजेको छ । 

यस साझेदारीमा दक्षिण कोरिया पनि जोडिने सम्भावना छ । त्यो मुलुक पनि आक्रामक रूपमा चीनविरोधी बन्दै गएको छ । नयाँ दक्षिणपन्थी सरकारले अमेरिकासँगको सम्बन्ध बलियो बनाउँदै नेटोमा समेत जोडिने चाहना व्यक्त गरेको छ भने हिन्द प्रशान्त क्षेत्रमा चीनको घेराबन्दीका लागि गरिने सबै प्रयासमा सहभागिता जनाउन खोजेको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x