१० असार २०८३, बुधबार

भोलिबाट देशका अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

भोलिबाट देशका अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम
फाइल तस्वीर।

जल तथा मौसम विज्ञान विभागले भोलि (मंगलवार)देखि बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । 

यस्तो जोखिम बिहीवारसम्म रहने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको हो । 

विभागका अनुसार भोलिबाट बिहीवारसम्म देशका पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले जनाएको छ । 

विभागका अनुसार मंगलवार रातिदेखि प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानहरूमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै सुदूरपश्चिमका तराई क्षेत्र र कर्णालीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्