
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा सोमवार हेर्दाहेर्दैमा राखिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल सहितले दिएको रिटमाथि सर्वोच्च अदालतमा सोमवार सुनुवाइ भएको थियो ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमवार महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रहरी महानिरीक्षक सिंहको पक्षमा बहस गरेका थिए । खातीसहित केही निजी वकिलले पनि सिंहको पक्षमा बहस गरेका थिए ।
मुद्दालाई इजलासले असार १९ गतेको लागि हेर्दाहेर्दैमा राखेको छ ।