१० असार २०८३, बुधबार

शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन

शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन

शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि इ–पेमेन्ट (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

 सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । 

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाई सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने उनले उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्