३१ जेठ २०८३, आइतबार

चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते

चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते

कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताए । 

    त्यस्तै चट्याङबाट कैलारी–३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका–४ का ३४ वर्षीय कृष्ण चौधरी घाइते भएका छन् । आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्