
पछिल्लो ३ घन्टामा जाजरकोट र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, सो क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको हो ।
सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटिय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा रहनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेका छन् ।