०१ असार २०८३, सोमबार

बालुवाटारको एक भवनमा आगलागी

बालुवाटारको एक भवनमा आगलागी
सांकेतिक तस्वीर

काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । 

बालुवाटारस्थित सुनौलो परिवार कार्यालयको भवनमा बुधवार बिहान आगलागी भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । 

आगलागीको कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

सुनौलो परिवार कार्यालयको भवनमा लागेको आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर सडकमै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्