२४ जेठ २०८३, आइतबार

बेलायतका प्रधानमन्त्रीले भने– पुटिन महिला भएको भए...

असार १५, २०७९
बेलायतका प्रधानमन्त्रीले भने– पुटिन महिला भएको भए...

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमाथि आक्रमण गर्र्दैनसथए होलान् भनी बयान दिएका छन् ।

युक्रेन युद्ध पुरुष अहंकारको उम्दा उदाहरण भएको उनको भनाइ छ । 

जी७ शिखर सम्मेलनपछि एक जर्मन सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जोनसनले रुसी राष्ट्रपतिको लिंग यस द्वन्द्वको महत्त्वपूर्ण योगदानकर्ता भएको बताए । 

जेडडीएफ टीभीसँगलाई जोनसनले भने, ‘पुटिन महिला भएको भए यस्तो किसिमको बौलाहा र मांसल आक्रमण तथा हिंसा गर्दैनथिए होलान् । तपाईंलाई विषाक्त पुरुषत्वको उम्दा उदाहरण चाहिन्छ भने पुटिनले युक्रेनमा गरिरहेको काम हेर्न सक्नुहुन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्