११ असार २०८३, बिहीबार

बालुवाटारस्थित स्टोर भवनमा लाग्यो आगो, झण्डै ५ करोडको क्षति

बालुवाटारस्थित स्टोर भवनमा लाग्यो आगो, झण्डै ५ करोडको क्षति

काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । 

बुधवार बिहान ७ बजेतिर लागेको आगो साढे ९ बजेतिर नियन्त्रणमा लिइएको थियो । 

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट ९जुद्द वरुण यन्त्र०(३ ललितपुर महानगरपालिकाबाट(१, कीर्तिपुर नगरपालीकाबाट(१, बौद्ध रामहिटिबाट(१, नेपाली सेनाबाट(२, नेपाल प्रहरीबाट(१ दमकल र १ वाटार क्याननसहित १० वटा दमकल र ५ वटा पानी ट्याङकर परिचालन गरिएको प्रहरीले जनाएको छ । 

आगलागीमा मानवीय क्षति भएको छैन । प्रारम्भिक अनुसन्धानमा ४(५ करोडसम्मको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

आगलागीको कारण खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्