२५ जेठ २०८३, सोमबार

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरूलाई प्राथमिकता दिनको लागि समझदारी भएको छ । 

गत असार ९ गते सम्पन्न उक्त समझदारीको लागि बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरूले एनएमबि बैकको डिजीटल सेवाहरू सजीलै उपभोग गर्न सक्नेछन् । 

एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरूलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको बैंकले जनाएको छ । 

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरूको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।   

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्