
काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाको नमूना परीक्षणमा हैजा संक्रमण पुष्टि भएको हो ।
पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण गर्दा १२ नमूनामा इकोलाइजी भन्ने जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।