२६ जेठ २०८३, मंगलबार
फैसलाको पूर्णपाठ

BREAKING : निजगढबारे न्यायाधीश विभाजित– २ निजगढकै पक्षमा, ३ जनाको आदेश– विज्ञको सुझाव लेऊ [पूर्णपाठ]

असार १५, २०७९
BREAKING : निजगढबारे न्यायाधीश विभाजित– २ निजगढकै पक्षमा, ३ जनाको आदेश– विज्ञको सुझाव लेऊ [पूर्णपाठ]

सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ ।

पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । 

न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन सकिने राय दिएका छन् ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्नु पर्ने राय दिएको सर्वोच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

‘हरिकृष्ण कार्की र मनोज श्रीमानले निजगढमा नै विमानस्थल बनाउन परमादेश गर्नुभएको छ । विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले स्थान नतोके पनि विज्ञहरूबाट अध्ययन गराएर विकल्प तोक्नुपर्ने राय दिनुभएको छ,’ सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो ।

सर्वोच्च अदालतको पूर्ण इजलासले जेठ १२ गते गरेको फैसलाको पूर्णपाठमा न्यायाधीशहरूको राय बाझिएको हो । त्रिभुवन विमानस्थलको विकल्पमा बाराको निजगढमा विमानस्थल बनाउन राज्यको तर्फबाट तीन अर्ब खर्च भइसकेको छ । 

निजगढको टाँगियाबस्ती आसपासमा विमानस्थल बनाउँदा वातावरणीय क्षति हुने भन्दै अभियन्ताहरूले विरोध गर्दै आएका थिए । सर्वोच्चको आदेशलाई राजनीतिक दलका नेताहरूले ‘विकास विरोधी फैसला’ भन्दै विमानस्थल निर्माणको काम नरोकिने बताउँदै आएका छन् ।

यस्तो छ पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्