०२ साउन २०८३, शनिबार

काठमाडौँको जैविक फोहोरबाट मलको हाहाकार कम गराउन सकिन्छः बालेन शाह

काठमाडौँको जैविक फोहोरबाट मलको हाहाकार कम गराउन सकिन्छः बालेन शाह

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर रासायनिक मलको हाहाकारलाई केही कम गर्न सकिने बताएका छन् ।  यसका लागि महानगरपालिका क्रियाशील रहेको उनले बताए ।  आज असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरे । 

प्रमुख शाहले भने, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्वर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सीमान्तकृत हुँदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपु-यायो, उसैलाई बिर्सने भन्ने हँुदैन ।’ शुभकामनामा प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्