२५ जेठ २०८३, सोमबार

सर्वोच्चको आदेशलगत्तै महाराष्ट्रका मुख्यमन्त्रीद्वारा राजीनामा घोषणा

असार १५, २०७९
सर्वोच्चको आदेशलगत्तै महाराष्ट्रका मुख्यमन्त्रीद्वारा राजीनामा घोषणा

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार एकाएक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । भारतीय सर्वोच्च अदालतले बिहीबार उनले संसदमा आफ्नो पक्षमा बहुमत देखाउनु पर्ने फैसला गरेको केही मिनेटमै राजीनामा घोषणा गरेका हुन् । 
शिवसेनाका उनी अल्पमतमा रहेको दाबी गरिएको छ भने यहीबीचमा राज्यपाल भगत कोशियालीले बिहीबारका लागि विधानसभा बोलाएका थिए । विधानसभाबाट विश्वासको मतको प्रक्रिया थालिने भएपछि त्यसलाई रोक्न मुद्दा परेको थियो । 
तर अदालतले विधानसभा रोक्न अस्वीकार गर्दै बिहीबारका लागि विश्वासको मत लिन बाटो खुला गरिदिएको हो । 
अदालतको आदेशपछि सामाजिक सञ्जालमार्फत लाइभ आएर उनले भने, ‘प्रजातन्त्रको सबैले अनुसरण गर्नुपर्छ, हामी सर्वोच्चको आदेश मान्छौँ ।’ ठाकरेले आफूले महाराष्ट्र विधान परिषद्को सदस्य पनि त्यागेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्