११ असार २०८३, बिहीबार

यी क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने

यी क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने

बिहीवार मुलुकभर विभिन्न क्षेत्रमा रहेको नदीहरूमा आकस्मिक बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बागमती प्रदेशको धादिङ, चितवन, गण्डकी प्रदेशको गोरखा, स्याङ्जा, पर्वत, बाग्लुङ आसपास भई बहने ससाना नदीहरूमा बहाव बढ्नेछ । 

यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला र आसपास भएर बहने नदीहरूमा बहाव बढ्नेछ । 

विभागले आगामी ३ दिन सम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्