
बिहीवार नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउन डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।
बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने डा. कोइरालाको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने बारे छलफल हुने बताइएको छ ।