१० असार २०८३, बुधबार

अब विद्यालय शिक्षा हाम्रो पात्रोमा पनि, शुरू भयो 'ई-लर्निङ' प्ल्याटफर्म

अब विद्यालय शिक्षा हाम्रो पात्रोमा पनि, शुरू भयो 'ई-लर्निङ' प्ल्याटफर्म

आममानिसका लागि दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचर “हाम्रो लर्निङ सेन्टर” सञ्चालनमा ल्याएको छ  ।

एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कूलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो  ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको छ । समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ । प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसूस गर्ने गरेका छन्  ।

यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो  । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षाबीचको दुरि हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ  ।

प्रविधिले यो समस्यामा पुलको भूमिका खेल्ने भएको छ । हाम्रो पात्रो इंक. का फाउन्डर/सिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताए  ।  साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताए  ।

बुधवार एक समारोहका बीचमा हाम्रो पात्रोका सीईओ शंकर उप्रेती र डियरवाक सिफल स्कूलका अध्यक्ष हितेश कार्कीको बीचमा सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर भयो ।

उक्त कार्यक्रममा हितेश कार्कीले भने- 'हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्‍याउन पाउँदा उत्साहित छु । हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेकाछन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यका लागि सर्वोत्तम माध्यम हुनेछ ।”

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सक्छन्  । हाललाई डियरवाक सिफल स्कूलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन्  । कक्षा चारदेखि एघार कक्षासम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध रहेका छन्  ।

बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जानेछन् । हाम्रो लर्निङ सेन्टर सम्पूर्ण विद्यार्थीहरूका लागि बहुउपयोगी हुनेछ । 

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीहरूलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ  । साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्य सेवाजस्ता सेवाहरू समयअनुकूल रूपमा थप्दै आएको छ  ।

सन् २०१६ मा स्थापना भएको डियरवाक सिफल स्कूलले विद्यार्थीहरूलाई भाषा, गणित र विज्ञान विषयमा सुदृढ शैक्षिक ज्ञान आर्जनमा सघाउँदै आएको छ  । हरेक विद्यार्थीको प्रतिभा विकास गर्दै उनीहरूका क्षमता पहिचान गर्न सघाउने कुरामा दृढ रहेको उक्त स्कूलले जनाएको  छ ।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आइओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ  ।

 

salt training

कमेन्ट गर्नुहोस्