
स्थानीय तह निर्वाचन २०७९ लाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
चुनावको सुरक्षा चुनौती विश्लेषणको आधारमा विस्तृत सुरक्षा योजना तयार गरी जनशक्ति परिचालन, व्यवस्थापन र अनुगमनमा कुशल र व्यावसायिक क्षमता प्रदर्शन गर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारीलाई बिहीवार एक समारोहबीच प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहबाट प्रशंसापत्र प्रदान गरिएको छ ।
प्रशंसापत्र प्राप्त गर्ने प्रहरी कर्मचारीमा प्रहरी नायव उपरीक्षक दिनेश घिमिरे, प्रहरी निरीक्षक रामकुमार लामिछाने, प्रहरी नायब निरीक्षक सुनिल पनेरु, प्रहरी सहायक निरीक्षक नविन्द्रदिप थापा, प्रहरी वरिष्ठ हवल्दार कमल कुवँर, प्रहरी जवान जनकराज शर्मा, प्रहरी जवान महेशदत्त बडू, प्रहरी जवान सजनी क्षेत्री र प्रहरी जवान सारङ्गा खड्का छन् ।
