मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
असार १७, २०७९
प्रदेश र संघीय संसद्को चुनावी मिति घोषणाको पूर्वसन्ध्यामा माओवादी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयासले प्राथमिकता पाएको छ ।
माओवादी आन्दोलनसँग जोडिएका दलहरूलाई एकीकृत गर्नका लागि विशेषगरी माओवादी केन्द्रले पहल थालेको छ ।
२०६४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र अहिले स–सना टुक्रामा विभाजित छ ।
बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द, गोपाल किराँती लगायतले स–सना पार्टीको नेतृत्व गरिरहेका छन् ।
नेकपा (माओवादी)ले दश वर्षे सशस्त्र युद्ध गर्दा उनीहरू एउटै पार्टीमा थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीमा फुट र विभाजनको शृंखला शुरू भएको थियो ।
सबैभन्दा शुरूमा मोहन वैद्य र रामबहादुर थापाले माओवादी विभाजन गरेका थिए । त्यसलाई नेत्रविक्रम चन्द विप्लप र सीपी गजुरेलहरूले साथ दिए ।
तर, उनीहरू पनि विभाजित पार्टीमा रहिरहन सकेनन् । समय क्रममा विभिन्न पार्टी गठन गरे । रामबहादुर थापा भने माओवादी केन्द्रमै फर्किएका थिए ।
माओवादी केन्द्र र एमाले एकीकृत भएर नेकपा बन्ने र फेरि विभाजन हुने क्रममा थापा एमालेतिर लागे ।
त्यसबेला माओवादी केन्द्रमा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेता माओवादी केन्द्रमा नर्फिकएर एमालेतिर खुलेका थिए ।
सशस्त्र युद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आएको करीब १५ वर्षको अवधिमा माओवादी शक्ति क्षीण हुँदै गयो । निर्वाचन जितेरै संसद्को सबैभन्दा ठूलो दल बनेको पार्टी अहिले निर्वाचन जित्नकै लागि विभिन्न पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्थामा पुगेको छ ।
२०७४ को निर्वाचनमा एमालेसँग पार्टी एकता गर्ने घोषणा सहित चुनावी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएको माओवादी केन्द्र अहिले संसदमा तेस्रो शक्तिको हैसियतमा छ । यस पटकको स्थानीय तह निर्वाचनमा अघिल्लोपटकको तुलनामा केही सिट बढाएर माओवादी केन्द्र स्थानीय तहमा पनि तेस्रो दलकै हैसियतमा छ । तर, दोस्रो र तेस्रो दलमा ठूलो अन्तर छ ।
माओवादीबाट छुट्टिएर नयाँ शक्ति बनाएका डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई केही वर्षअघि जनता समाजवादी पार्टीमा मिसाएका थिए । अहिले उनी जसपाको संघीय परिषद् अध्यक्ष छन् । जसपा संसदीय अभ्यासमा छ । माओवादी केन्द्रबाट विभाजित भएर बनेका अन्य दल भने संसदीय अभ्यासमा छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको एकता भंग भएयता पूर्व माओवादी घटकहरूको एकताको पक्षमा वकालत गर्दै आएका छन् ।
पूर्व माओवादीहरू फेरि मिल्न सक्दा सबैभन्दा ठूलो दल बन्ने अवस्था आउने प्रचण्डको दाबी छ । पछिल्लो समय भने सार्वजनिक भाषणहरूमा पनि प्रचण्डले वैद्य र विप्लवहरूलाई प्रशंसा गरेर फकाउन थालेका छन् ।
गत बुधवार विप्लव समूहबाट माओवादी केन्द्रमा फर्किएका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले देशलाई वैज्ञानिक समाजवादमा लैजान पूर्वमाओवादीहरू एकीकृत हुनुपर्ने दोहोर्याएका थिए । वैद्य र विप्लवहरूको नियतप्रति शंका नभएको तर, चाहनाले मात्रै क्रान्ति नहुने उनले बताएका थिए ।
हिजो क्रान्तिका लागि भनेर माओवादीको मूल धारबाट बाहिरिएकाहरू अहिले मूल घरमै फर्किन थालेको भन्दै प्रचण्डले माओवादीहरू एकजुट हुनुपर्ने दबाब जनता र कार्यकर्ताहरूबाट आएको बताएका थिए ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरू मूल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो । अब सबै पूर्व माओवादीहरू एकजुट हुनुको विकल्प छैन’, प्रचण्डले भनेका थिए ।
राष्ट्रिय स्वाधीनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्याउन माओवादी धाराहरू सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रचण्डले दोहोर्याउने गरेका छन् ।
बुधवारको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘पूर्व माओवादीहरू एक ठाउँमा उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पनि प्रचण्डले माओवादी घटकबीचको एकताको कुरा गर्दै आएका थिए । तर, त्यसबेला एकताले सार्थकता पाउन सकेको थिएन ।
स्थानीय तहको निर्वाचनपछि भने प्रचण्डले आफू नजिकका नेताहरू वर्षमान पुन र कृष्णबहादुर महरालाई पूर्व माओवादीहरूसँग संवाद गर्न र एकताको वातावरण बनाउन जिम्मेवारी दिएका छन् ।
त्यसबाहेक, पूर्व माओवादीहरूलाई एक ठाउँमा ल्याउन उपराष्ट्रपति नन्दबहादुर पुनले पनि प्रयास गरिरहेका छन् । उपराष्ट्रपति पुनको पनि माओवादी घटकहरूको विषयलाई लिएर प्रचण्ड र अन्य माओवादी पृष्ठभूमिका नेताहरूसँग निरन्तर संवाद भइरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
पुन र महराले वैद्य, विप्लव र गजुरेल समूहका नेता तथा कार्यकर्ताहरूसँग संवाद बाक्लो बनाएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
‘माओवादी घटकहरू एक ठाउँमा आउनुपर्नेबारे सबै सकरात्मक हुनुहुन्छ । कतिपय सैद्धान्तिक विषयमा बृहत् बहसको माग भएको छ । ढिलोचाँडो पूर्व माओवादी घटक एक ठाउँमा हुने वातावरण बन्दै गएको छ’, पार्टी एकता संवादबारे जानाकार एक माओवादी नेताले भने ।
अहिले माओवादी घटकहरूभित्र माओवादलाई नै मानेर अघि बढ्ने कि डा. बाबुराम भट्टराईले प्रस्ताव गरेको समाजवादी केन्द्र बनाएर जाने भन्ने बारेमा छलफल चलिरहेको छ ।
माओवादी केन्द्रको केन्द्रीय सदस्य धर्मशीला चापागाईं भन्छिन्, ‘अहिले माओवादी पृष्ठभूमिका सबै एकताको पक्षमा छन् । तर, हिजो किन विभाजित हुनुपर्ने अवस्था आयो भन्ने कुराको गहन समीक्षा सबैले चाहेका छन् ।’
पूर्व माओवादीहरू एकताका लागि सबैले प्रयास गरिरहेको उनले बताइन् । ‘पार्टी अध्यक्ष एकताको पक्षमा हुनुुहुन्छ । दुईजना नेताहरू अलि गहन ढंगले लाग्नुभएको छ । एकता प्रयासले चाँडै सार्थकता पाउने संकेतहरू देखिएका छन्’, उनले भनिन् ।
माओवादी केन्द्रको आगामी केन्द्रीय कमिटी बैठकमा पनि पूर्व माओवादीहरूको एकताको विषयले प्राथमिकता पाउनसक्ने उनले बताइन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने पूर्व माओवादी मात्रै नभएर कम्युनिस्टहरू नै एक हुनुपर्ने बताउँदै आएका छन् ।
केही दिनअघि उनले भनेका थिए, ‘माओवादीहरू मिल्नु त छँदैछ, केही दिनमा संस्थागत एकता हुन्छ । तर पूर्व माओवादीहरू मिलेर मात्र पुग्दैन कम्युनिस्ट एकता गर्नुपर्छ’, प्रचण्डले भनेका थिए ।
प्रचण्ड शुरूमा माओवादीहरूलाई एकताबद्ध गराउने र त्यसपछि अन्य कम्युनिस्ट पाटीसँग एकता गर्ने रणनीतिमा रहेको उनी निकट माओवादी केन्द्रका नेताहरूले बताए ।
‘उहाँले (प्रचण्ड) केही दिनअघि माओवादी, एमाले र कांग्रेस एउटै पार्टी जस्तो लाग्छ भनेको ठट्टाका लागि मात्रै होइन । अहिलेको राजनीतिक जिम्मेवारी र भविष्यको पार्टीको एकताको आवश्यकताको संकेत पनि हो । पहिले माओवादी केन्द्रलाई एकताबद्ध गराउने र त्यसका लागि छाड्नपर्ने कुरा छाड्ने र लिनुपर्ने कुरा लिने भन्ने अध्यक्षको लाइन छ’, प्रचण्ड निकट एक नेताले भने ।
माओवादी केन्द्रमा सबै माओवादी घटक नआउने अवस्था बन्दा समाजवादी केन्द्र बनाएर पनि जाने मनस्थितिमा प्रचण्ड रहेको उनले बताए ।
एकीकरणको अभियानमा डा. बाबुराम भट्टराईलाई पनि समेट्नका लागि प्रचण्ड आफैँले प्रयास गरिरहेको ती नेताले बताए ।
गत विहीबार बिहान मात्रै प्रचण्ड र भट्टराईले उपराष्ट्रपति पुनको निवासमा एक घण्टा छलफल गरेका थिए । भट्टराई समाजवादी केन्द्र बनाउने कुरामा सहमत रहेको तर, उनीहरूबीच अहिल्यै समाजवादी केन्द्र नामको पार्टी नै बनाएर जाने वा समाजवादी केन्द्रलाई मोर्चा मात्रै बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको माओवादी नेताहरू बताउँछन् ।
माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य रामकुमार शर्मा भन्छन्, ‘समाजवादी केन्द्र बनाउने प्रस्ताव छ । त्यसमा पार्टीभित्र छलफल चलिरहेको छ । जे गर्दा सबै माओवादीहरू एक हुन्छन्, त्यही गर्ने कोणमा छलफल भइरहेको छ ।’
माओवादी घटक विभाजित हुनुपर्ने कुनै कारण नदेखिएको निष्कर्षमा सबैजसो रहेको उनले दाबी गरे । ‘अलग हुनुपर्ने कुनै कारण छैन भन्नेमा सबैजसो सहमत छन् । फेरि बन्दुक उठाउने कि नउठाउने भन्ने कुरा हो । प्रचण्डले सबैलाई मिलाएर अघि लिएर जाने प्रयास गरेका छन् । त्यो प्रयासले आगामी चुनावअघि नै सार्थकता पाउने सम्भावना छ ।’
प्रचण्डले गत बुधवार केहीदिनमै संंस्थागत एकता हुने दाबी गरेका थिए । माओवादी केन्द्रको आगामी केन्द्रीय समितिको बैठकले मुख्यरूपमा माओवादी घटकबीच एकताका लागि लचिलो निर्णय गर्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
उक्त बैठकबाट माओवादी केन्द्रमै सबैलाई एकीकृत गराउने वा समाजवादी केन्द्रमा जाने भन्ने बारेमा पनि ठोस निष्कर्ष आउने माओवादी नेताहरू बताउँछन् ।
माओवादी केन्द्रले असार १९ देखि तीन दिनका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकले पार्टीको महासचिव र पदाधिकारीको बारेमा पनि छलफल गर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...