२७ जेठ २०८३, बुधबार

धमाधम स्थायी गर्भनिरोध विधि खोज्दै अमेरिकी पुरुषहरू, के हो कारण ?

असार १८, २०७९
धमाधम स्थायी गर्भनिरोध विधि खोज्दै अमेरिकी पुरुषहरू, के हो कारण ?

अमेरिकी पुरुषहरू यतिबेला धमाधम स्थायी गर्भनिरोधको विधिको खोजीमा लागेका छन् । अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतन सम्बन्धी कानून उल्ट्याएपछि पुरुषहरू गर्भनिरोधको खोजीमा लागेका हुन् ।

महिलाले चाहेको बेला गर्भपतन गर्न नपाउने गरी सर्वाेच्च अदालतले हालै फैसला गरेको छ, जसका कारण अमेरिकी पुरुषहरू गर्भ रहनै नदिन स्थायी उपायको खोजीमा लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकामा महिलाको इच्छाअनुसार गर्भपतन गर्न पाइने प्रावधान थियो ।

ओहायोको क्लीवल्यान्ड अस्पतालमा शुक्रवारदेखि बुधवारसम्म स्थायी गर्भनिरोधका लागि ९० जनाले सम्पर्क गरेको जनाइएको छ । यूनिभर्सिटी हस्पिटल अफ क्लीवल्यान्डका अनुसार सर्वाेच्चको फैसलापछि पुरुषहरू गर्भनिरोधबारे जानकारी लिन थालेका छन् ।

स्थानीय चिकित्सक डा. डेविड रोबिन्सका अनुसार गर्भनिरोधबारे जानकारी लिन धेरै फोन आउन थालेका छन् ।

स्थायी गर्भनिरोध गर्ने निधो गरिसकेका ४६ वर्षीय जेराल्ड स्टीडमेनले भने, ‘म विवाहित हुँ । हाम्रा बच्चा पनि छन् । हामीलाई अरु बच्चा चाहिएका छैनन् । म चाहन्न कि मेरी पत्नी भविष्यमा कहिल्यै पनि गर्भवती नहोऊन् । गर्भावस्थामा जति महिलाको भूमिका हुन्छ, उत्तिकै पुरुषको पनि भूमिका हुन्छ ।’

उनले आफू केही समयदेखि गर्भनिरोधबारे सोचिरहेको तर सर्वाेच्चको फैसलाले मोहर लगाएको बताए । उनीजस्तै थुप्रै पुरुषहरू यतिबेला गर्भनिरोधबारे उपाय खोजिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्