१९ असार २०८३, शुक्रबार

आलिया गर्भवती भएको अप्रिलमै पुष्टि गरेकी महिलालाई 'फेक' भन्दै लगाइएको थियो प्रतिबन्ध

असार १८, २०७९
आलिया गर्भवती भएको अप्रिलमै पुष्टि गरेकी महिलालाई 'फेक' भन्दै लगाइएको थियो प्रतिबन्ध

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले हालै आफ्ना फ्यानहरूलाई खुशीको खबर शेयर गरे । 

यो जोडीले भर्खरै आफ्नो गर्भावस्थाको खबर फ्यानहरूलाई शेयर गरेका थिए । 

विवाहको दुई महिनापछि गर्भवती भएको खबरले सबैलाई चकित बनाएको छ । तर, एक महिलाले अप्रिलमै यसबारे जानकारी दिएकी थिइन् ।

रेडिटमा एक महिलाले आलियाको गर्भावस्थाको बारेमा लेखेकी थिइन् । तर, उनको भनाइलाई अफवाह भन्दै प्रतिबन्ध लगाइएको थियो ।

अहिले भने यी महिला फर्किएकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सम्मान गर्न चाहेका छन् । वास्तवमा, न्यूबी फरफन नामकी एक प्रयोगकर्ताले एक पोस्टमा कमेन्ट गर्दै आलिया भट्ट स्पष्ट रूपमा गर्भवती भएको लेखेकी थिइन् । 

साथै, उनले यो खबरको स्रोत अभिनेत्रीकी एक सहायक भनेकी छन्, जुन मेकअप आर्टिस्ट हुन् । 

त्यतिबेला मानिसहरुले यो दाबीलाई गलत भनेका थिए । 

महिलाको यो कमेन्टपछि फ्यानहरुले आलियालाई निरन्तर साथ दिएका  थिए ।  

पछि उक्त साइटका मोडरेटरहरूले महिलाको यो कमेन्टलाई फेक भन्दै उनलाई प्रतिबन्ध लगाएका थिए ।  उनको पोस्ट पनि हटाइएको थियो । तर, अभिनेत्री आफैंले आफ्नो गर्भावस्थाको खुलासा गरेपछि महिला प्रयोगकर्तामाथिको सो प्रतिबन्ध हटाइएको छ । 

यसपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाको समर्थनमा देखिए र उनलाई अवार्ड दिन माग गर्न थालेका छन् । 

प्रतिबन्ध फुकुवा भएपछि महिलाले लेखिन्– हेल्लो साथीहरू, प्रतिबन्ध हटाइएको छ । मलाई क्रेडिट दिनु भएकोमा धन्यवाद । म बुझ्न सक्छु कि यो समयमा काल्पनिक लाग्थ्यो, तर मैले स्रोतलाई विश्वास गरें ।

बलिउडको चर्चित जोडी आलिया भट्ट र रणवीर कपुरले यसै वर्ष अप्रिल १४ मा एकअर्कासँग विवाह गरेका थिए । विवाहको दुई महिनापछि अर्थात जुन २७ मा अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा गर्भवती भएको खबर शेयर गरेकी हुन् । 

उनले इन्स्टाग्राममा रणवीर कपुरसँगको आफ्नो तस्वीर शेयर गरेकी छन् । तस्वीरमा आलिया र पति रणवीर कपूर अस्पतालमा देखिएका छन् । तस्वीर पोस्ट गर्दै उनले क्याप्सनमा लेखेकी छन्– हाम्रो बच्चा... चाँडै आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्