साउन २७, २०७९
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले...
काठमाडाैं | असार १८, २०७९
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले हालै आफ्ना फ्यानहरूलाई खुशीको खबर शेयर गरे ।
यो जोडीले भर्खरै आफ्नो गर्भावस्थाको खबर फ्यानहरूलाई शेयर गरेका थिए ।
विवाहको दुई महिनापछि गर्भवती भएको खबरले सबैलाई चकित बनाएको छ । तर, एक महिलाले अप्रिलमै यसबारे जानकारी दिएकी थिइन् ।
रेडिटमा एक महिलाले आलियाको गर्भावस्थाको बारेमा लेखेकी थिइन् । तर, उनको भनाइलाई अफवाह भन्दै प्रतिबन्ध लगाइएको थियो ।
अहिले भने यी महिला फर्किएकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सम्मान गर्न चाहेका छन् । वास्तवमा, न्यूबी फरफन नामकी एक प्रयोगकर्ताले एक पोस्टमा कमेन्ट गर्दै आलिया भट्ट स्पष्ट रूपमा गर्भवती भएको लेखेकी थिइन् ।
साथै, उनले यो खबरको स्रोत अभिनेत्रीकी एक सहायक भनेकी छन्, जुन मेकअप आर्टिस्ट हुन् ।
त्यतिबेला मानिसहरुले यो दाबीलाई गलत भनेका थिए ।
महिलाको यो कमेन्टपछि फ्यानहरुले आलियालाई निरन्तर साथ दिएका थिए ।
पछि उक्त साइटका मोडरेटरहरूले महिलाको यो कमेन्टलाई फेक भन्दै उनलाई प्रतिबन्ध लगाएका थिए । उनको पोस्ट पनि हटाइएको थियो । तर, अभिनेत्री आफैंले आफ्नो गर्भावस्थाको खुलासा गरेपछि महिला प्रयोगकर्तामाथिको सो प्रतिबन्ध हटाइएको छ ।
यसपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाको समर्थनमा देखिए र उनलाई अवार्ड दिन माग गर्न थालेका छन् ।
प्रतिबन्ध फुकुवा भएपछि महिलाले लेखिन्– हेल्लो साथीहरू, प्रतिबन्ध हटाइएको छ । मलाई क्रेडिट दिनु भएकोमा धन्यवाद । म बुझ्न सक्छु कि यो समयमा काल्पनिक लाग्थ्यो, तर मैले स्रोतलाई विश्वास गरें ।
बलिउडको चर्चित जोडी आलिया भट्ट र रणवीर कपुरले यसै वर्ष अप्रिल १४ मा एकअर्कासँग विवाह गरेका थिए । विवाहको दुई महिनापछि अर्थात जुन २७ मा अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा गर्भवती भएको खबर शेयर गरेकी हुन् ।
उनले इन्स्टाग्राममा रणवीर कपुरसँगको आफ्नो तस्वीर शेयर गरेकी छन् । तस्वीरमा आलिया र पति रणवीर कपूर अस्पतालमा देखिएका छन् । तस्वीर पोस्ट गर्दै उनले क्याप्सनमा लेखेकी छन्– हाम्रो बच्चा... चाँडै आउँदैछ ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले...
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेर...
‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उ...
गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...