स्व. वरिष्ठ कलाकार जयनन्द लामा अभिनित अन्तिम चलचित्र तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ ।
काठमाडौंको बौद्धस्थित म:म प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक तथा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी
गराइएको हो । चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्रसमेत हो ।
हुत्त सञ्जय र अर्जुन खड्काद्वारा निर्देशित चलचित्र ‘दार्बुङ’ लाई सुरज श्रेष्ठले द्वन्द्व निर्देशन, अर्जुन खड्काले सम्पादन, दिपक तामाङले
मिक्सिङ, प्रज्वल राउतले छायांकन, कर्साङ लामाले पार्श्व संगीत गरेका छन् ।
निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त चलचित्रलाई पर्खाई मोक्तानले सह-निर्माण गरेका हुन् ।
चलचित्रमा नायक हुत्त सञ्जय लामा र नायिका सुनिता लुङ्वाको मुख्य अभिनय समेटिएको छ ।