२५ जेठ २०८३, सोमबार

युवराज सफलले वामदेवबारे भ्रम फैलाएको दाबी

युवराज सफलले वामदेवबारे भ्रम फैलाएको दाबी

पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् । 

‘९ जना सचिवालय सदस्यहरु मध्ये १ जना सदस्य युवराज सफलले मिति ०७९।०३।१६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नु भएको र उहाँको राजीनामा सम्बन्धमा मिति ०७९।०३।१७ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भै राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो’, पाण्डेले जारी गरेको प्रेस नोटमा भनिएको छ । 

तर, सफलको भ्रमपूर्ण सूचनाका आधारमा सञ्चारमाध्यममा समाचार आएको भन्दै पाण्डेले यस्ता गलत समाचार प्रकाशन गर्नु पूर्व स्पष्ट हुन अनुरोध गरेका छन् । यसअघि सफलले बहुमत सचिवालय सदस्यको बैठकले बामदेवलाई संयोजकबाट हटाएको जिकिर गर्दै विज्ञप्ति जारी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्