नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुुटबल हेर्न आउन निम्तो दिएका छन् । आइतवार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजदूत अल हेलले अर्थमन्त्री शर्मालाई कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल हेर्न आउनका लागि निम्तो दिएका हुन् ।
विश्वकप फुटबल आगामी नोभेम्बरमा कतारमा आयोजना हुँदैछ । उक्त विश्वकप खेलको अवलोकनका लागि कतारले अर्थमन्त्री शर्मालाई निम्तो दिएको अर्थमन्त्रालयले जनाएको छ । आफूलाई विश्वकप फुटबल हेर्नका लागि निम्तो दिएकोमा शर्माले कतारका राजदूतलाई धन्यवाद दिएका छन् ।