साउन ३१, २०७९
नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...
काठमाडाैं | असार १९, २०७९
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यहरूको बैठक बस्ने गरी नेताहरूले तयारी गरिरहेका छन् ।
माओवादी केन्द्र र एमाले एकीकृत भएर बनेको नेकपामा ९ सदस्यीय सचिवालय थियो । उक्त सचिवालयको बहुमत सदस्य पुनः वामपन्थी एकता प्रयासमा छलफलका लागि जुट्न लागेका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको ध्रुवीकरण प्रयासका लागि तत्कालीन नेकपाको बहुमत सदस्यको बैठक बस्नेबारे छलफल भइरहेको जानकारी गराएका थिए ।
माओवादी केन्द्रको केन्द्रीय सदस्य हेमराज भण्डारीले भने, ‘तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यहरूको बैठक बसेर वापमन्थी ध्रुवीकरणबारे छलफलको तयारी भएको जानकारी अध्यक्षले बैठकमा गराउनुभएको थियो । आजभोलिमै बैठक बस्ने तयारी भएको उहाँले बताउनु भएको थियो ।’
प्रचण्डले माओवादी केन्द्रको बैठकमा बताएअनुसार, आज वा भोलि नै नेकपाको सचिवालयमा रहेका ९ मध्ये ५ जना नेताहरूको बैठक बस्ने सम्भावना रहेको छ ।
प्रचण्डले माओवादी घटकहरू एकीकृत हुने अवस्था बनेको बताउने क्रममा तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्यको बैठकबारे पनि जानकारी गराएका थिए ।
तत्कालीन नेकपा रहेका सचिवालय सदस्यमध्ये अहिले ४ जना एमालेमा छन् भने ५ जना एमालेभन्दा बाहिर छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल नेकपाको सचिवालय सदस्य थिए ।
त्यसबाहेक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपाको सचिवालय सदस्य थिए ।
तत्कालीन नेकपाको सचिवालयमा अहिले एमालेभन्दा बाहिर रहेका नेताहरूको बहुमत थियो । तिनै बहुमत नेताहरूको बैठक बसेर वामपन्थी ध्रुवीकरणको प्रयासबारे छलफल गर्न लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थी दलहरूलाई मिलाएर समाजवादी मोर्चा बनाउने बताउँदै आएका छन् ।
नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...
चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । य...
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीत...
१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न १ नम्बर प्रदेशस्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । १ नम्बर प्रदेशको धार्मिक तथा सां...
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्न...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...