२४ जेठ २०८३, आइतबार

‘श्रमिकको न्यायको पक्षमा छु’

‘श्रमिकको न्यायको पक्षमा छु’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा रहेका सबै श्रमिकको योगदानको उचित कदर हुने गरी काम गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा  विभागका बारेमा मन्त्रालयमा ब्रिफिङ लिने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणबाट मुलुकमा वैदेशिक मुद्राको सञ्चिती बढ्ने हुँदा उनीहरूको उचित मूल्याङ्कन गरिने बताए । 

श्रमिकको हकहित संरक्षणका लागि ट्रेड युनियन र राजनीतिक दलका भ्रातृ सङ्गठन क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले भने, “म श्रमिकको न्यायको पक्षमा छु । त्यसैले बन्द, हडताल, तालाबन्दीभन्दा पनि शान्तिपूर्ण तरिकाले श्रमिकलाई न्यायको अनुभूति हुने काम गरौँ ।”

 मन्त्री कुँवरले श्रमिकलाई काम गर्ने वातावरण सहज बनाउनका लागि कानुनमा भएका केही प्रावधानलाई संशोधन गर्न खाँचो औँल्याउनुभयो । उहाँले खाडी मुलुकमा मात्रै नभएर भारतमा रहेका श्रमिकका समस्यालाई पनि केन्द्रित गर्न सन्बन्धित पक्षलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा सामाजिक सुरक्षा कोषले अहिलेसम्म गरेका काम र भएका उपलब्धिका साथै आगामी दिनमा गर्न सकिने कामका बारेमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी गराए ।

 श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले आफ्नो विभागअन्तर्गत अहिलेसम्म भए गरेका कार्य सम्पादनबारे जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्