×

NMB BANK
NIC ASIA

देउवालाई ५ बुँदे आरोप लगाएका शेखरले गरे काँग्रेसका पुराना नेताहरुसँग छलफल

असार १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् ।  छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी, नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइरालालगायत सहभागी थिए । 

Muktinath Bank

सो क्रममा कोइरालाले पार्टीलाई आवश्यक सल्लाह र मार्गनिर्देशन दिन नेताहरुसँग आग्रह गरेका छन् । ‘तपाईंहरुले पार्टीका निम्ति धेरै ठुलो योगदान गर्नुभएको छ र लामो अनुभव पनि छ। अहिले पार्टी कमजोर अवस्थामा पुग्यो। देशभरका साथीहरु निरास छन्। पदमा नभए पनि तपाईंहरुले अनुभवका आधारमा आआफ्नो स्थानबाट सक्रिय भएर हामीलाई सल्लाह र सुझाव दिनुपर्यो’, कोइरालाले भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहभागीहरुले डा शेखर कोइरालालाई थप जिम्मेवार हुँदै समन्वयकारी भूमिका खेलेर पार्टी बचाउन सुझाव दिएका थिए । उनीहरुले  नेपाली कांग्रेस पार्टी पार्टी जस्तो नरहेको जिकिर पनि गरेका थिए । 


Advertisment
Nabil box
Kumari

यस्तै पार्टीभित्र आदर्श, इमान, त्याग र निष्ठाको राजनीति नरहेको भन्दै  उनीहरुले ठेकेदारी प्रथा हावी हुन थालेको बताएका थिए । यस्तै पुराना नेताहरूलाई पाखा लगाएर उनीहरुको योगदानको अवमूल्यन गर्ने काम भएको पनि उनीहरुको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

उनीहरुले गठबन्धनको पुनर्मुल्यांकन गरिनुपर्ने भन्दै होइन भने संघ र प्रदेशको निर्वाचनपछि कांग्रेस पार्टीको अस्तित्व नै संकटमा पर्ने चेतावनी समेत दिएको कोइरालाको सचिवालयको भनाइ छ । 
यसअघि कोइरालाले आफू निकटहरुको बैठक बोलाएर सभापति शेरबहादुर देउवालाई विभिन्न ५ बुँदे आरोप लगाएका थिए । सो क्रममा देउवा गठबन्धनको सभापति जस्तो भएको भन्दै कोइराला समूहले कटाक्ष समेत गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x