२८ जेठ २०८३, बिहीबार

देउवालाई ५ बुँदे आरोप लगाएका शेखरले गरे काँग्रेसका पुराना नेताहरुसँग छलफल

देउवालाई ५ बुँदे आरोप लगाएका शेखरले गरे काँग्रेसका पुराना नेताहरुसँग छलफल

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् ।  छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी, नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइरालालगायत सहभागी थिए । 

सो क्रममा कोइरालाले पार्टीलाई आवश्यक सल्लाह र मार्गनिर्देशन दिन नेताहरुसँग आग्रह गरेका छन् । ‘तपाईंहरुले पार्टीका निम्ति धेरै ठुलो योगदान गर्नुभएको छ र लामो अनुभव पनि छ। अहिले पार्टी कमजोर अवस्थामा पुग्यो। देशभरका साथीहरु निरास छन्। पदमा नभए पनि तपाईंहरुले अनुभवका आधारमा आआफ्नो स्थानबाट सक्रिय भएर हामीलाई सल्लाह र सुझाव दिनुपर्यो’, कोइरालाले भनेका थिए । 

सहभागीहरुले डा शेखर कोइरालालाई थप जिम्मेवार हुँदै समन्वयकारी भूमिका खेलेर पार्टी बचाउन सुझाव दिएका थिए । उनीहरुले  नेपाली कांग्रेस पार्टी पार्टी जस्तो नरहेको जिकिर पनि गरेका थिए । 

यस्तै पार्टीभित्र आदर्श, इमान, त्याग र निष्ठाको राजनीति नरहेको भन्दै  उनीहरुले ठेकेदारी प्रथा हावी हुन थालेको बताएका थिए । यस्तै पुराना नेताहरूलाई पाखा लगाएर उनीहरुको योगदानको अवमूल्यन गर्ने काम भएको पनि उनीहरुको भनाइ थियो । 

उनीहरुले गठबन्धनको पुनर्मुल्यांकन गरिनुपर्ने भन्दै होइन भने संघ र प्रदेशको निर्वाचनपछि कांग्रेस पार्टीको अस्तित्व नै संकटमा पर्ने चेतावनी समेत दिएको कोइरालाको सचिवालयको भनाइ छ । 
यसअघि कोइरालाले आफू निकटहरुको बैठक बोलाएर सभापति शेरबहादुर देउवालाई विभिन्न ५ बुँदे आरोप लगाएका थिए । सो क्रममा देउवा गठबन्धनको सभापति जस्तो भएको भन्दै कोइराला समूहले कटाक्ष समेत गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्