०४ साउन २०८३, सोमबार

डेनमार्कको शपिङ मलमा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु

असार २०, २०७९
डेनमार्कको शपिङ मलमा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु
तस्वीर सौजन्य : बिबीसी

डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । 

सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ ।  

बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक घाइते भएको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उदृत गर्दै बिबीसीले जनाएको छ । 

प्रहरीले  घटनामा संलग्न रहेको आशंकामा २२ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू  गरेको बताएको छ । 

घटनास्थलको तस्वीर इन्टरनेटमा राखिएको छ । 

तस्वीरमा सो स्थानमा गोलाबारीपछि भागदौड मच्चिएको देखिएको छ ।

स्थानीयहरूले गोलीको ठूलो आवाज आएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

मलमा १ सय ४० भन्दा बढी रेस्टुरेन्ट तथा अन्य पसलहरू रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्