०३ साउन २०८३, आइतबार

नीता र हरिहरले बिहेअघि गरे ‘ह्रस्व दीर्घ’को शुभसाइत

नीता र हरिहरले बिहेअघि गरे ‘ह्रस्व दीर्घ’को शुभसाइत

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारी असार २४ गते वैवाहिक सम्बन्धमा बाँधिदैछन् ।

करीब ३ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरूको बिहेको कार्डसमेत वितरण भइसकेको छ । 

यसैबीच विवाहको तयारीमा रहेको यो जोडीले फिल्म ‘ह्रस्व दीर्घ’को शुभसाइत गरेको छ । विवाहको ४ दिनअघि उनीहरूले फिल्मको शुभसाइत गरेका हुन् । 

‘नीता फिल्मस’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतवार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो । 

हरिहर अधिकारीले निकालेको शुभ साइतमा स्कृप्ट र क्ल्याप बोर्ड पूजा गर्दै फिल्मको ‘टाइटल फन्ट’ समेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक टाइटल फन्टले फिल्म एक्सन प्रधान हुने आकलन गर्न सकिन्छ । द्वन्द्व निर्देशनमा आफूलाई स्थापित गरेका चन्द्र पन्तको निर्देशन रहने फिल्ममा ‘पुष्पा’ भिलेन सुनिल वर्मा, ‘गजनी’ भिलेन प्रदीपराज रावत, विश्व प्रख्यात कलाकार ब्रह्मानन्दम र अली अनुबन्ध भइसकेका छन् । त्यस्तै, नेपालबाट नीता र हरिहरसँगै सरोज खनाल र सलोन बस्नेतको पनि फिल्ममा अभिनयमा रहनेछ । 

भारतको हैदराबादस्थित संसारको सबैभन्दा ठूलो रामोजी स्टुडियोमा छायांकन हुने भनिएको ‘ह्रस्व दीर्घ’ नेपाली फिल्मको इतिहासमै सबैभन्दा ठूलो लगानीमा निर्माण हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्