०८ असार २०८३, सोमबार

कालोपत्रे गरेको दुई महिनामै भत्कियो गोकर्ण–नयाँपाटी सडक

कालोपत्रे गरेको दुई महिनामै भत्कियो गोकर्ण–नयाँपाटी सडक

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा कालोपत्रे गरिएको दुई महिना पनि राम्रोसँग नबित्दै भत्किन थालेको छ। सडक निर्माणका लागि ठेक्का लागेका सात वर्षपछि कालोपत्रे गरिएको सडक दुई महिनापनि नपुग्दै भत्किन थालेको हो। 

कालोपत्र भएको दुई महिनामै कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्किएको हो। 

कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठले बताए। सडक ठेक्का भएको सात वर्षसम्म खानेपानीको पाइप नबिच्छ्याउने र तार भूमिगत नगर्ने तर सडक कालोपत्र हुनेबित्तिकै यी काम थालिएको छ।

कालोपत्र भएको सडक दुई महिनामै भत्कँदा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको स्थानीयको गुनासो छ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख कृष्ण ओझा जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको काम सकेर निर्माण व्यवसायीले नबुझाएकाले बिग्रिएको काम फेरि गरेर बुझाउनुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्