
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् ।
सोमवार कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ । यससँगै अब देशभरका २६ अस्पतालमा कोषमा आबद्ध भएको परिचय पत्र देखाएर निःशुल्क उपचार गर्न सकिने व्यवस्था गरिएको हो ।
सो अनलाइन प्रणालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमवार उद्घाटन गरेका हुन् ।
यसअघिसम्म औषधि उपचारबापतको रकम भुक्तानी लिन कोषमा दाबी गर्नु पर्थ्यो । अब भने अस्पतालमै सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सकिने कोषले जनाएको छ ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत कोषले सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गर्नेछ । दुर्घटनाबापतको सुविधा लिँदा शतप्रतिशत रकम नै कोषले भुक्तानी गर्नेछ ।
यी हुन् अनलाइन प्रणाली जडान भएका अस्पतालहरूः