राजधानीको कपनमा एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार ६४ वर्षीया महिला सविता गिरी खड्का मृत फेला परेकी हुन् ।
बेडमा मृत भेटिएकी गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतक विराटनगरकी स्थायी बासिन्दा हुन् ।