
रामेछापबाट काठमाडौं आउँदै गरेको बस मंगलवार दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा भएको बस दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङले लाेकान्तरलाई जानकारी दिए।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएकाे उनले बताए।
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । त्यसमध्ये २५ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । अन्यकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
