
पैसा कमाउन हरेक व्यक्ति दौडधुपमा हुन्छन् । यूट्युबमा भिडियो बनाएर एक २२ वर्षीय युवक अर्बपति बनेका छन् ।
सामाजिक सञ्जालको दुनियाँमा चर्चित खाबी लेमले रोचक भिडियो बनाएर नाम र दाम दुवै कमाएका छन् । उनलाई करोडौं व्यक्तिले ‘फलो’ गरेका छन् ।
उनी टिकटकमा समेत १ नम्बरमा पर्छन् । रोचक र रचनात्मक भिडियो बनाएर उनले भिडियोमा धेरै भ्युज पाउने गरेका छन् ।
उनले भिडियोबाटै २ अर्ब ३२ करोड रुपैयाँ सम्पत्ति जुटाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी ब्रान्ड प्रायोजन गरेबापत धेरै पैसा कमाउँछन् । उनले प्रायोजनका लागि भिडियो बनाउँदा लाखौं रुपैयाँ लिने गरेका छन् ।