×

NMB BANK
NIC ASIA

रामेछाप बस दुर्घटना अपडेटः

धुलिखेलमा उपचाररत चार जनाको मृत्युः मृतकको संख्या १३ पुग्यो

असार २१, २०७९

NTC
Premier Steels

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनापछि उपचारका लागि धुलिखेल ल्याइएका थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

Muktinath Bank

मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार घटनास्थलमा चार महिला र पाँच पुरुषको शव फेला परेका थिए। 


Advertisment
Nabil box
Kumari

दुर्घटनामा घाइते भएको १८ जनाको धुलिखेलमा र तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ। दुर्घटनापछि २२ जनालाई उपचारका लागि धुलिखेल र ३ जनालाई काठमाडौं पठाइएको थियो। 

Vianet communication

हालसम्म मृतकहरूको पहिचान हुन सकेको छैन। प्रहरी उद्दार कार्यमै व्यस्त भएकाले मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बसमा रहेका यात्रीका आफन्तहरूलाई घटनास्थलमा आउन आग्रह गरिएको छ। 

मृतकका आफन्तहरू आउने क्रममा रहेकाले उनीहरू आइसकेपछि सनाखतको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन। दुर्घटनाको कारण पनि खुल्न सकेको छैन। दुर्घटनास्थलको बाटो ओरालो रहेको र मोडसमेत रहेकाले चालकले मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x